Logo

अर्थ

नेपाल एयरलाइन्सका जहाज काठमाडौंबाट डाइभर्ट हुँदा अब भैरहवा जाने



काठमाडौं । नेपाल एयरलाइन्सका जहाज काठमाडौंबाट डाइभर्ट भए अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने भएका छन् ।

अहिले काठमाडौंमा जहाज अवतरण हुन नसके भारतीय विमानस्थलमा जाने गरेका छन् ।

निगमले मिति २०८२ मंसिर ३ गतेदेखि लागू हुनेगरी भैरहवा विमानस्थललाई औपचारिक रूपमा वैकल्पिक विमानस्थल घोषणा गरेको छ । सो निर्णय मंसिर १ गते गरेको निगमका प्रवक्ता अनिल घिमिरेले जनाएका छन् ।

अहिलेसम्म टीआईएमा खराब मौसम, भीडभाड वा अन्य कारणले अवतरण गर्न नसक्ने अवस्था आएमा नेपाल एयरलाइन्सका जहाज नजिकैको भारतीय विमानस्थलमा डाइभर्ट हुने गर्थे । अब भने भैरहवामा ल्यान्ड हुने भएका छन् । भारत जानु नपरे पछि उल्लेखनीय खर्च कटौती हुने विश्वास निगमको छ ।

यससँगै निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समेत अर्को वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न सकिने सम्भावनामा अध्ययन प्रक्रिया सुरु गर्ने निर्णय पनि गरिएको प्रवक्ता घिमिरेले बताए ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार १०:४५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।