Logo

प्रमुख समाचार

भोलिदेखि काठमाडौँको फोहोर रोक्ने बञ्चरेडाँडाका स्थानीयको घोषणा, मन्त्री कुलमानले ढाँटेको आरोप



काठमाडाैं । बञ्चरेडाँडा–सिसडोल प्रभावित स्थानीयहरूले आफ्ना माग १५ दिनभित्र पूरा न भएकाले बुधबारदेखि फोहोर विसर्जन पुनः रोक्ने घोषणा गरेका छन् ।

सहरी विकासमन्त्री कुलमान घिसिङले दिएको आश्वासन तथा काठमाडौं महानगरका मेयर बालेन शाहको पहल दुवै प्रभावहीन भएको स्थानीयको आरोप छ । उनीहरूले बारम्बार सहमति कार्यान्वयन नहुँदा आफूहरूलाई धोका भएको बताउँदै अब स्थायी रूपमा फोहोर फाल्न नदिने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले मेयरहरूसँग भेटेर समस्या समाधानमा गम्भीरता व्यक्त गरे पनि १८ बुँदे सहमति अझै कार्यान्वयन नभएकाले स्थानीय पुनः आन्दोलनमा उत्रिएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार १७:१७   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।