Logo

प्रमुख समाचार

ब्राजिलमा जारी कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री परियार



कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०)मा नेपालको सहभागिता प्रभावकारी भइरहेको बताएका छन् ।

ब्राजिलको बेलेममा जारी उक्त सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका उनले विभिन्न सत्रमा प्रभावकारी रूपमा नेपालको एजेण्डा प्रस्तुत गर्ने काम भइरहेको जानकारी दिए ।

ब्राजिलबाट वन तथा वातावरण मन्त्रालयले भर्चुअल रूपमा आयोजना गरेको पत्रकार सम्मेलन मन्त्री डा परियारले भने, “यस पटक नेपालको प्रतिनिधिमण्डल तुलनात्मक सानो छ, तर राष्ट्रका मुद्दा उजागर गर्ने सन्दर्भमा उपलब्धीमूलक भइरहेको हामीले अनुभूति गरेका छौँ ।”

उनले सम्मेलनअन्तर्गत आइतबार भएको मन्त्रीस्तरीय सत्रलाई सम्बोधन गर्दै विकसित राष्ट्रहरूले विगतमा गरेका जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्नुपर्ने बताएको जानकारी दिए । साथै उनले १.५ डिग्री सेल्सियसको लक्ष्य साकार राख्नका लागि उदाउँदो अर्थतन्त्रसहित सबै पक्षहरूले रचनात्मक रूपमा संलग्न हुनुपर्नेमा आफूले जोड दिएको उल्लेख गरे ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार ०७:१६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।