Logo

प्रमुख समाचार

बबरमहलतर्फ एमाले समर्थित युवाको भीड



काठमाडौं । नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्ने तयारीका साथ नेकपा एमाले समर्थित युवाहरू शुक्रबार नागरिक उड्डयन प्राधिकरण कार्यालय अगाडि ठूलो संख्यामा जम्मा भएका छन्। टोलीमा पैदल तथा मोटरसाइकलमा आएका युवाको उपस्थिति उल्लेख्य देखिएको छ।

एमालेले आज माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वर हुँदै बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा विशेष कार्यक्रममार्फत एनभीएफ घोषणा गर्ने तयारी गरेको छ। माइतीघर क्षेत्रमा भने त्यसअघि नै जेन–जी आन्दोलनका घाइतेहरू सडकमा धर्नामा बसेका छन्।

सम्भावित भिडन्त रोक्न सुरक्षाकर्मीको ठूलो फौज तैनाथ गरिएको सुरक्षा स्रोतले जनाएको छ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार १२:३८   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।