Logo

प्रमुख समाचार

निर्वाचन आयोगमा दर्ता भयो कुलमानको उज्यालो नेपाल पार्टी



ऊर्जामन्त्री कुलमान घिसिङसहितको भनिएको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

उक्त दल आज शुक्रबार आयोगमा दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले खबरहबलाई जानकारी दिए।

पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष राखेर पार्टीले नयाँ ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको विवरण आयोगमा बुझाएको थियो।

आयोगमा १० नयाँ दल दर्ता भएको छ। २८ वटा निवेदन प्रक्रियामा रहेको आयोगले जनाएको छ। सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको छ।

कुलमान भने निर्वाचनको मनोनयनको समयमा मन्त्री पदबाट राजीनामा दिएर पार्टीमा देखिने गरी सक्रिय हुने तयारीमा छन्।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार २१:१४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।