बतास एमएडब्ल्यू कमर्सियल भेइकल्सले EICHER सवारीसाधन प्रयोगकर्ता ग्राहकहरूलाई लक्षित गर्दै राष्ट्रिय मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ।
मंसिर १७ देखि मंसिर २९, २०८२ सम्म सञ्चालन हुने यस क्याम्पमार्फत सवारीको कार्यक्षमता बढाउने, गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने तथा ग्राहक सन्तुष्टि थप मजबुत बनाउने उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ।
क्याम्पका सेवा तथा सुविधाहरू नेपालभर रहेका सबै Eicher Exclusive Workshop तथा शाखाहरूमार्फत उपलब्ध हुनेछन्। क्याम्प अवधिभर ग्राहकले विभिन्न निःशुल्क सेवा र आकर्षक छुटको लाभ उठाउन सक्नेछन्।
निरन्तर र छिटो सेवा प्राप्त गर्नका लागि अग्रिम बुकिङ अनिवार्य गरिएको कम्पनीले जनाएको छ।
यस मेगा सर्भिस क्याम्पमा स्पेयर पार्ट्समा १२% छुट, अन्य लुब्रिकेन्ट्समा १८% छुट, EICHER ब्रान्डेड लुब्रिकेन्ट्समा २५% छुट उपलब्ध हुनेछ।
त्यस्तै ठूला मर्मतकार्यका लागि श्रम शुल्कमा २०% छुटको व्यवस्था गरिएको छ। अतिरिक्त रूपमा, सबै ग्राहकलाई निःशुल्क बम्पर–टु–बम्पर चेकअप, ३५–पोइन्ट इन्सपेक्सन सुविधा प्रदान गरिनेछ। क्याम्पमा सर्भिसिङमा सहभागी प्रत्येक ग्राहकलाई निःशुल्क विन्डचिटर वितरण गरिने कम्पनीले जनाएको छ।




















प्रतिक्रिया