Logo

प्रमुख समाचार

सशस्त्रको प्रवक्तामा डीआईजी मनीष थापा



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनीष थापालाई तोकेको छ ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका छन् ।

धौवजी अवकाशमा गएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक थापालाई आइतबाट सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार २१:००   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।