Logo

प्रमुख समाचार

जेनजी नेपाल समूह रुपन्देहीले गृहमन्त्री अर्याललाई बुझायो ज्ञापनपत्र



 

काठमाडौं । जेनजी नेपाल समूहका युवाहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् ।

जेनज़ी रुपन्देही नेपालको तर्फबाट सुरज पोखरेल, रवि श्रेष्ठ र राजु श्रेष्ठले मन्त्री अर्याललाई ज्ञापन पत्र बुझाएका हुन् ।

मंगलबार रुपन्देहीमा गृहमन्त्री अर्यालसँग भेट गर्दै उनीहरूले आफ्ना साथीहरू अझै घर बाहिर निस्केर हिँड्न वातावरण नभएको भन्दै त्यसका लागि सहज वातावरण निर्माण गरिदिन आग्रह गरेका थिए ।

जवाफमा गृहमन्त्री अर्यालले कानुनी राज्यको सबैले पालन गर्दै राज्यलाई सघाउन आग्रह गरे ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार २०:२४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।