धनगढी । नेकपा एमालेका नेता महेश बस्नेत धनगढी आउने भएपछि जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन् । बुधबार दिउँसो धनगढीमा एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न नेता बस्नेत धनगढी आउँदैछन् ।
उनीहरूले गुण्डुको गुण्डा गो ब्याक, जेनजीको रगतमाथि खेलबाड गर्न पाइँदैन जस्ता नारा लेखेर प्ले कार्डसहित सडकमा विरोध प्रदर्शन गरिरहेका छन् ।
बस्नेतको सुरक्षा र जेनजीको बिरोध प्रदर्शनलाई ध्यानमा राखि सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ ।




















प्रतिक्रिया