Logo

प्रमुख समाचार

प्रधानमन्त्री कार्कीले सचिवालय घटाएर अब ६ जना मात्रै



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छन् ।

अब सचिवालयमा मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र अवैतनिक जनस्वास्थ्य विज्ञ गरी ६ पद मात्रै कायम रहने छन् ।

बाँकी सबै पदको नियुक्ति भोलिबाट खारेज हुनेछ ।

पहिले प्रधानमन्त्री कार्कीको सचिवालयमा २० जनाको समूह थियो । पछिल्लो पटक निकटवर्ती नियुक्ति बाहिरिएपछि विवाद भएपछि यो कदम उठाइएको बताइएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार २०:१९   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।