काठमाडौं । नेपाल प्रिमियर लिग (NPL)मा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई १६१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको दाेस्राे खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले पूरै ओभर खेलेर ३ विकेटको क्षतिमा १६० रन बनाएको हो ।
कर्णालीका लागि प्रियांक पञ्चालले अर्धशतकीय पारी खेले । प्रियाङ्कले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६३ रन बनाए । प्रियाङ्कले ४२ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।
गुल्शन झाले २० र विलियम बोसिस्टोले ४८ रन जोड्दा नजिबुल्लाह जद्रानले १२ रन बनाए । मार्क वाटले ६ रनमा आउट भए ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डी लाङ्गेले एक-एक विकेट लिए ।




















प्रतिक्रिया