Logo

प्रमुख समाचार

सीमामा हुने अवैध ओसारपसार नियन्त्रणमा कडाइ गर्नुपर्नेमा सरोकारवालाकाे जोड



 

काठमाडौँ । सीमामा हुने अवैध ओसारपसार नियन्त्रणमा कडाइ गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले आज आयोजना गरेको खुल्ला सीमा नाका कारण हुनसक्ने पशु तथा कृषिजन्य पदार्थहरुको अवैध ओसारपसार नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

अन्तरदेशीय सीमा क्षेत्रमा हुने पशु तथा कृषिजन्य पदार्थको अवैध ओसारपसारले देशको आर्थिक क्षेत्रमा नकारात्मक असर पारेको गर्दै सरोकारवालाले सीमामा परिचालित सुरक्षाकर्मी तथा सरोकारवाला निकायले सम्बद्ध निकायहरुसँग समन्वय र सहकार्य गरी सीमामा हुने अवैध ओसारपसार नियन्त्रण गर्नुपर्ने बताए।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा नाकामा हुने अवैध गतिविधि तथा ओसारपसारमा संलग्नसम्बन्धी सूचना समयमा नै प्राप्त गर्न सीमा क्षेत्रको समुदायस्तरमा सूचक तयार गरी कार्य गर्न जरुरी रहेको बताए ।

उनले भने, “राजस्व छली भएमा देशको लागि आर्थिक रुपमा हुने क्षति, रोगजन्य तथा स्वास्थ्यमा असर पर्ने विषादीयुक्त कृषिजन्य सामाग्री प्रयोगमा रोक तथा स्वेदशी वस्तुको उत्पादन र प्रयोगमा जोड दिन आवश्यक छ, यी र यस्ता विषयमा विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।”

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार २१:५२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।