Logo

खेलकुद

काठमान्डुलाई कर्णालीले दियाे १५० रनको लक्ष्य



काठमाडौं । कर्णाली याक्सले काठमान्डू गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनायो।

कर्णालीको लागि अल राउन्डर गुलसन झाले सर्वाधिक ४९ रन बनाए। उनले २२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।

यस्तै, पवन शराफले २९ बलमा दुई चौका र छक्काको सहयोगमा ३५, ओपनर मार्क वार्डले २७ बलमा एक चौका र दुई छक्को सहयोगमा ३० रन बनाउँदा दिपक डुम्रेले १० रन बनाए।

काठमान्डूका लागि रासिद खानले दुई विकेट लिए। सन्तोष यादव, मिलिन्द कुमार र कप्तान करण केसीले समान एक विकेट लिए।

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार १७:१३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।