Logo

इन्स्योरेन्स

बीमा प्राधिकरण अध्यक्षको सम्बन्धमा अदालतको अपहेलना मुद्धाको बुधबार पेशी चढाउन आदेश



काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको सम्बन्धमा अदालतको अपहेलना सम्बन्धी मुद्धाको पेशी बुधबार, १७ गते तोक्न आदेश भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अदालतको अपहेलना गरेको भन्दै शरद ओझाले हालेको मुद्धामा भोली पेशी तोक्न आदेश भएको हो ।

न्यायाधीशहरु अब्दुल अजीम मुसलमान र श्रीकान्त पौडेलको इजलाशले बुधबार पेशी तोक्न भनेको हो । पेशी १६ गते तोकिनुपर्नेमा  पेशी चढेको नदेखिँदा उल्लेखित अपहेलना मुद्धा र यस अघिको निवेदन समेत राखि बुधबार नै पेशी तोक्न भनिएको हो ।

अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै अध्यक्षको अवस्था यथास्थितिमा राख्नु भनेको थियो । तर अर्थ मन्त्रालयले अध्यक्षको जिम्मेवारी सहसचिव जनकराज शर्मालाई प्रदान गरेको छ ।

प्राधिकरणको अध्यक्ष शरद ओझालाई सर्वोच्च अदालतले २३ भदौमा कार्यालयमा हाजिर भएर काम कारबाही गर्न दिने गरि आदेश दिएको थियो । मन्त्रीपरिषदले ओझालाई पदमुक्त गर्ने भनेर भदौ २ मा गरेको निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अदालतले भनेको थियो । तर सरकार भने अर्को व्यक्तिलाई अध्यक्षको जिम्मेवारी दिदै अघि बढेको थियो । यस विरुद्ध ओझा अदालत गएका छन् ।

अब सरकारले गरेको निलम्बनको विषय र अपहेलनाको विषयमा भोली सुनुवाइ हुने भएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलवार १९:२२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।