Logo

अर्थ

रास्वपाद्वारा समानुपातिक कोटाको खिल्ली: अर्बपति ढकालका छोरा पनि संसदको सूचीमा



काठमाडौं । चर्चित व्यापारी एवम् आईएमइ समूहका अध्यक्ष चन्द्र प्रसाद ढकालले आफ्ना छोरा सचिन ढकाललाई सांसद बनाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा राखेका छन्।

जुनसुकै सरकार आए पनि सत्ता र शक्तिलाई हातमा लिइ आफू अनुकूलका काम गराउँदै आएका ढकालले आगामी निर्वाचनबाट त आफ्नै छोरालाई नै समानुपातिक सांसद बनाइ मन्त्रीसम्म बनाउने रणनीतिक योजनाअनुसार रास्वपा पार्टीमा ठूलो रकम खर्चेर समानुपातिकको प्राथमिकतामा राखेका छन्।

चितवनबाट उनको प्रतिनिधित्व हुने गरि ढकालका छाेरा सचिनलाई समानुपातिक सुचीमा राखिएको हो । आईएमई समुहको हस्पिटालिटी क्षेत्र सम्हाल्दै आएको भनिएका ढकालको समानुपातिक सुचीमा नाम समावेश भएपछि बालेन समुहमा समेत सांसद किनबेचको आशंका बढेको छ ।

जेनजी आन्दोलनपछि बनेको सरकारमा समेत ढकालले आँफू निकट रहेका अर्थमन्त्री रामेश्वर खनाललाई अर्थमन्त्री बनाए। त्यस्तै, ढकालले आईएमइ समूहकै आईजीआई पुडेन्सियल इन्स्योरेन्स लिमिटेडका संचालक राजेन्द्र सिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउन सफल भए।

खनाललाई मन्त्री बनाएपछि ढकालले मापदण्डविपरीतका ‘युरो थ्री’ का गाडी भारतबाट नेपाल ल्याउन पाउने जस्ता नियमविपरीतका थुप्रै निर्णय मन्त्रीपरिषदबाटै गराई सकेका छन् भने सामाजिक सुरक्षा मन्त्री भण्डारीबाट सामाजिक सुरक्षा कोष, नेपाल टेलिकम लगायतका सँस्थामा रहेको खर्बौं रुपैयाँ देशभरका केबलकार तथा हाईड्रोपावरमा लगानी गर्न पाउने गरी लगानी विविधीकारणको नीति पास गराउने योजनामा छन् ।

अल्पसङ्ख्यक, सीमान्तकृत एवं बहिष्कारमा परेका/पारिएका समुदायलाई राज्य निर्माणको मुलधारमा ल्याउने उदेश्यले देशका सबै वर्ग जातजातिहरूले सङंख्याको आधारमा राज्य संरचनाको सबै तहमा सहभागी हुन पाउने गरी गरिएको व्यवस्था समानुपातिक हो।

तर, पछिल्ला केहि समय यता आफ्ना, आफन्त, पैसा पहुँच भएका समाजमा ख्याती कमाएका एवं चर्चामा रहेका व्यक्तिलाई समानुपातिकको सूचीमा राखी राज्यसत्तामा पुर्याउने प्रवृतिले यसको अवधारणा, आवश्यकता र औचित्यको गलत व्यख्या गरिँदै आएको छ। यो प्रवृतिलाई रास्वपाले अझै बढी प्रसय दिएको छ।

याे पनि…

‘आईपिओ’ को नाममा ठगी गर्ने ढकालहरू नै अध्यक्षलाई बदनाम गर्ने अभियानमा

बेलायतमा ढकाल समूहको अवैध लगानी, बर्षौंदेखि हुण्डीमार्फत् ‘कालो धन ओसारपसार’

आईएमइ ग्रुपका भ्रष्ट कर्मचारीलाई राष्ट्र बैँककै ‘ढाडस’, पदीय स्वार्थसँग अपराधको ‘सट्टेवाजी’

अर्थमन्त्रीको बुई चढेर व्यवसायी तर्साउँदै चन्द्र ढकाल, ‘एफएनसीसीआई’ को भूमिका शंकास्पद

‘उद्योगीका विरुद्दमा महासंघकै अध्यक्ष, कुलमानसँग कुम मिलाउँदा पंगु बने व्यवसायी’

‘बहुविवाह फापेका व्यापारी चन्द्रप्रसाद’ : ‘देशदेखि विदेशसम्म अर्बौंको साम्राज्य’

ग्लोबल आईएमई बैंकको ८ करोड कर्जा काण्ड : अध्यक्ष ढकाल र सीईओ रेग्मीको भूमिका शंकास्पद

पाथीभरा केबलकार निर्माणमा वातावरणीय नियमको उल्लंघन, चन्द्र ढकालको भूमिका शंकास्पद

केबलकार परियोजना एमालेकै हो, चन्द्र ढकाल बुख्याँचो मात्र हो : दुर्गा प्रसाईं

प्रकाशित मिति : १५ पुष २०८२, मंगलवार १२:४०   :  बजे

789
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।