Logo

अर्थ

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एएमएल/सीएफटीसम्बन्धी तालिम सम्पन्न



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी अन्तर्क्रिया तथा पुर्नताजकी कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले कम्पनीका संस्थापक एवं आधारभुत शेयरधनीहरुलाई उक्त कार्यक्रम आयोजना गरेको हो ।

लाजिम्पाटस्थित होटेल र्‍याडिसनको ढुकुहलमा उक्त कार्यक्रमको आयोजना एवं सञ्चालन गरिएको थियो । कम्पनीका सञ्चालक समितिका सदस्यहरु तथा संस्थापक शेयरधनीहरु सहित करीब ६० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा श्रोत व्यक्तिको रुपमा नेपाल बीमा प्राधिकरणका सम्पत्ति शुद्धिकरण शाखा प्रमुख पदम प्रसाद सोडारीले कम्पनीको संस्थापक शेयरधनीहरु, सञ्चालक समितिका सदस्यहरु र कम्पनीको उच्च व्यवस्थापकहरुलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन, नियम, नीति निर्देशनको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा उपस्थित केही संस्थापक शेयरधनीहरुले आ–आफनो धारणा तथा जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : २८ पुष २०८२, सोमबार १४:४१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।