काठमाडौं। बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडकअन्तर्गत बेनीघाटदेखि तातोपानीसम्मको खण्ड सञ्चालनमा आएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार खोर्लाबेँसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएसँगै तातोपानी र आसपासका क्षेत्रमा सडक सफाइको काम अघि बढाइएको थियो।
बाढीले सडकमा थुपारेको ढुंगा, माटो तथा गेग्रान हटाउने कामसमेत सम्पन्न भएको मन्त्रालयले जनाएको छ। सडक अवरुद्ध भएपछि यातायात सञ्चालनमा समस्या भएको थियो।
मन्त्री लम्सालले अब सडक स्तरोन्नतिका लागि आवश्यक अध्ययन र रेखांकन गरी स्थायी निर्माणको काम अघि बढाइने जानकारी दिए।




















प्रतिक्रिया