Logo

अर्थ

नेको इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडाैं । नेको इन्स्योरेन्स कम्पनी लिटिमेडले लाभांश घोषणा गरेको छ । पुस ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८१/८२को वित्तीय विवरण पारित गर्दै विवरणअनुसार कायम रहेको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १२.७८९ प्रतिशत नगद लाभांश सेयर र ३ प्रतिशत बोनस सेयर गरी कुल १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार ११:०८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।