Logo

अर्थ

हुस्सु र कुहिरोका कारण काठमाडौँसहित विभिन्न विमानस्थलमा उडान ठप्प



काठमाडौं । बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोका कारण काठमाडौँलगायत देशका विभिन्न विमानस्थलमा उडान प्रभावित भएको छ ।

बुद्ध एयरका अनुसार काठमाडौँ, विराटनगर, राजविराज, नेपालगन्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलबाट हालसम्म उडान सुरु हुन सकेको छैन ।

विमानस्थल स्रोतकाअनुसार मौसममा क्रमिक सुधार आएपछि उडान तथा अवतरण पुनः सुरु गरिनेछ । हुस्सु र कुहिरोका कारण यात्रुहरूलाई असहज भएको छ भने एयरलाइन्सहरूले यात्रुहरूलाई अद्यावधिक जानकारी लिइरहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार ०९:४९   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।