काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । आज एकैदिन सुन तोलामा २० हजार ५ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
बुधबार प्रतिताेला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० मा कारोबार भएको छ ।
आज चाँदीको मूल्य ७ हजार ३०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।




















प्रतिक्रिया