Logo

अर्थ

इमर्जिङ्ग नेपालकाे नगद लाभांश सेयरधनीको खातामा जम्मा



काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि नगद लाभांश वितरण सुरु गरेको छ। कम्पनीको गत पुस २८ गते सम्पन्न १०औँ वार्षिक साधारण सभाले पारित गरे बमोजिम ५.२६३१ प्रतिशत (कर सहित) नगद लाभांश वितरण प्रक्रिया अघि बढेको हो।

कम्पनीले पुस १६ गतेसम्म हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक गराएका सेयरधनीहरूको हकमा गत माघ १३ गतेदेखि नै रकम जम्मा गरिदिएको जनाएको छ।

यस्तै कम्पनीले हालसम्म पनि बैंक खाता विवरण अद्यावधिक नगराएका वा मर्जर/एक्विजिसनका कारण बैंक खाता परिवर्तन भएका सेयरधनीहरूलाई तत्काल आफ्नो निक्षेप सदस्य कहाँ सम्पर्क राखी खाता अद्यावधिक गराउन अनुरोध गरेको छ। खाता अद्यावधिक भएपछि मात्र लाभांश रकम प्राप्त हुनेछ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार ११:३२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।