Logo

प्रमुख समाचार

बालेनको प्रचारमा गएका पत्रकार सिटौला बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो



काठमाडौं । सुदुरपश्चिम भ्रमणमा रहेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहसँगै गएका पत्रकार दिनेश सिटौला अचानक बेहोस भएका छन् । उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

बालेनको टिम अछामको मंगलसेन जाँदै गर्दा बाटोमा चिया खान आज बिहान ९:३० बजेतिर गाडी रोकिएको थियो । यो स्थानमा अछामका रास्वपा उम्मेदवार भुपदेव शाहको घर नजिकै रहेको छ । गाडीबाट ओर्लिन लाग्दा अचानक बेहोस भएर ढलेपछि उनलाई अछाम जिल्ला अस्पताल लगियो । तर, चिकित्सकहरुले अवस्था क्रिटिकल भएको भन्दै काठमाडौं लैजान सुझाएका थिए ।

अछामबाट सेनाको हेलिकोप्टरमा राखेर सुर्खेत पुर्‍याइयो । सुर्खेतमा सेनाको जहाजबाट काठमाडौं ल्याइएको हो । सिटौला चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष हुन् ।

 

 

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार १२:३२   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।