काठमाडौं । आज सेयर बजार झिनो अंकले बढेको छ । नेप्से परिसूचक १.५३ अंकले बढेर २,६९५ को विन्दुमा कायम भएको छ ।
आज ११४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २२ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको ४१ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एसवाई प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार ऊर्जाका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया