Logo

शेयर बजार

कालिञ्चोक हाइड्रोलाई आईपीओ निष्कासन अनुमति



काठमाडौं। कालिञ्चोक हाइड्रोपावरले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ।

बोर्डले माघ १९ मा कम्पनीलाई आईपीओ निष्कासनका लागि आवश्यक विवरणपत्र प्रकाशन गर्न अन्तिम स्वीकृति दिएको हो।

बोर्डको अनुमतिपछि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्नेछ।

कम्पनीले निष्कासन मिति तोकेर सार्वजनिक सूचना आह्वान गर्नेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्नेछ भने त्यसपछि सर्वसाधारणका लागि आवेदन खुलाउनेछ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलवार ०८:००   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।