काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । पार्टी सभापति गगन थापाले जनकपुरको तिरहुतियामा बुधबार आयोजित प्रतिज्ञासभामा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।
कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र संकल्पको आत्मवोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्न सक्ने भावना, कार्ययोजना र आधारसहितको प्रतिज्ञापत्र प्रस्तुत गरेको पार्टी प्रवक्ता देवराज चालिसेले दाबी गरे ।
यस्ता छन् भिजन-१०
१. कांग्रेसको भएर बाँच्ने नेपाल
२. सपना देख्न सक्ने नेपाल
३. सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४. पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५. ओखती र ओत दिने नेपाल
६. छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७. बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८. भौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल
९. विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१०. समुन्नतिमा लम्कने नेपाल




















प्रतिक्रिया