काठमाडौं । नेपाली कांग्रेसले पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिने उद्देश्यले नीति तथा अनुसन्धान प्रतिष्ठान गठन गरेको छ।
आजको बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्व प्रतिष्ठान गठन गरेको हो।
प्रतिष्ठानमार्फत नेतृत्व विकास तालिमसहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए।
आगामी निर्वाचनलाई व्यवस्थित र दीर्घकालीन रूपमा व्यवस्थापन गर्न ‘निर्वाचन ब्युरो’ गठन समेत बताए। उक्त ब्युरोको संयोजकत्व उपसभापति पुष्पा भुसाललाई दिइएको छ।
महामन्त्री प्रदीप पौडेलको संयोजक रहेको समितिमा सहमहामन्त्री योगेन्द्र चौधरी र प्रकाश स्नेही सदस्य छन्। उक्त समितिले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ।





















प्रतिक्रिया