Logo

राजनीति

०६२ यताका उच्चपदस्थ कर्मचारीसँगै राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन



काठमाडौं । सरकारले सार्वजनिक पदमा बसेका उच्च पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय सम्पत्ति जाँचबुझ आयोग गठन गरिएको हो।

आयोगले २०६२/६३ देखि ०८२/८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च तहका कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र छानबिन गर्ने कार्यादेश पाएको छ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आयोगमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली र चण्डिराज ढकाल सदस्य रहेका छन्।

यस्तै, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल पनि सदस्यमा समावेश छन्।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार २०:१८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।