Logo

राजनीति

सभामुख र उद्योगमन्त्रीबिच भेट, निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड



काठमाडौँ । बुधबार सभामुख डोल प्रसाद डीपी अर्यालसँग उद्योगमन्त्री गौरी कुमारीले भेट गरेकी छन् ।

भेटका क्रममा सभामुख अर्यालले कम्पनी दर्ता तथा बन्द गर्ने प्रक्रियालाई सहज बनाउनुका साथै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिए।

सभामुख अर्यालले निजी क्षेत्रको भूमिकालाई महत्त्वपूर्ण बताउँदै उनीहरूलाई थप अवसर प्रदान गर्न र लगानीमैत्री वातावरण सिर्जना गर्न नीतिगत सहजता आवश्यक रहेको पनि औँल्याएका थिए ।

उनले कम्पनी दर्ता प्रक्रियालाई झन्झटमुक्त बनाउन र बन्द गर्ने प्रक्रियालाई पनि सरल बनाउनुपर्नेमा जोड दिए ।

यस्तै आजै सभामुख अर्यालले संविधान सभा सदस्य परिषद्का पदाधिकारीहरुसँग पनि छलफल गरे । छलफलमा परिषद्का गतिविधि र भावी कार्ययोजनाबारे विमर्श भएको बुझिएको छ।

सभामुख अर्यालले भैँसेपाटीस्थित सरकारी आवासको पनि आजै अवलोकन गरेका थिए । उनी प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस कार्यक्रममा पनि सहभागी भएका थिए।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार २१:५४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।