Logo

प्रमुख समाचार

लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय



काठमाडौं । लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाले निर्णय गरेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय लिएको हो ।

कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ । लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय भएको नेकपा प्रमुख सचेतक युवराज दुलालले बताए ।

प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार १३:५१   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।