Logo

राजनीति

प्रधानमन्त्रीसँगको छलफलमा कोशी र सुदूरपश्चिमका मुख्यमन्त्री अनुपस्थित



काठमाडौ ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन् ।

छलफलमा पाँच वटा प्रदेशका मुख्यमन्त्रीहरू सहभागी भएका छन् ।

मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका मुख्यमन्त्री छलफलमा सहभागी भएका हुन् ।

कोशीका मुख्यमन्त्री हिक्मत कार्की मातृशोकमा रहेको र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि देशबाहिर रहेकाले छलफलमा सहभागी भएनन् ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार १७:३१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।