Logo

अर्थ

अब २० करोडमाथि कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिवार्य



काठमाडौं । आन्तरिक राजश्व विभागले वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बिलबीजक जारी गर्न निर्देशन दिएको छ । विभागले नयाँ निर्देशन जारी गर्दै नयाँ व्यवस्था गरेको हो । यसअघि २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई यो व्यवस्था लागू हुँदै आएको थियो।

विभागले जारी गरेको नयाँ सूचनाअनुसार कारोबारको प्रकृतिअनुसार उपभोक्ता वा ग्राहकलाई प्रत्यक्ष रुपमा बीजक जारी नगर्ने बैंक र वित्तीय संस्था जस्ता निकायहरूबाहेक वार्षिक कारोबार २० करोडभन्दा बढी गर्ने सबै करदाताहरूले अनिवार्य विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्ने छ।

 

प्रकाशित मिति : ६ बैशाख २०८३, आईतवार १२:३४   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।