काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आगामी शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएका छन्।
आज गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएसँगै गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाहले साँझ सबै सुरक्षा निकायका प्रमुखसँग भेट गरी यस्तो निर्देशन दिएका हुन्।
उनले बस्ती हटाउने कामको सुरुवात काठमाडौं उपत्यकाबाट गर्ने गरी काम गर्न निर्देशन दिएका हुन्।
स्रोतका अनुसार प्रधानमन्त्री शाह काठमाडौँ महानगरको मेयर हुँदा सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए। त्यस बेलामा तत्कालीन सरकारले साथ नदिँदा उनले काम रोकेका थिए।
उनी आफै प्रधानमन्त्री भएर आएपछि फेरि अतिक्रमित बस्तीहरू हटाउन सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।




















प्रतिक्रिया