Logo

प्रमुख समाचार

महान्यायाधिवक्ता कँडेलकाे याेग्यतामा प्रश्न उठाउँदै ३ रिट दर्ता, भाेलि पेसी



काठमाडौँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धि योग्यतामा प्रश्न उठाउँदै तीनवटा रिट निवेदन दायर गरिएका छन्  ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार बुधबार महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिविरुद्ध तीनवटा रिट निवेदन दर्ता भएका र उक्त विषयमा बिहीबार सुनुवाइ हुनेछन् ।

महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरु माधव बस्नेत, दिपकराज जोशीलगायतले रिट निवेदन दायर गरेका हुन् ।

रिट निवेदनमा महान्यायाधिवक्ताजस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरेको उल्लेख गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले गत चैत २२ गते डा. कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

प्रधानमन्त्री शाहले सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था छ ।

निरन्तर १५ वर्ष कानुन व्यवसायी गरेको व्यक्ति हुनुपर्नेमा महान्यायाधिवक्ता डा. कँडेलको सो अनुभव नभएको रिट निवेदनमा उल्लेख छ । (रासस)

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार २१:५४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।