चितवन । सरकारले देशभरका सुकुम्बासी बस्तिमा डोजर लगाउने तयारी गरेसँगै सत्तारुढ दल रास्वपाभित्र नै असन्तुष्टि देखिएको छ ।
सो पार्टीका चितवन जिल्ला सभापति कृष्णप्रसाद भुसालले स्थानीयवासीको सहमति बेगर डोजर चलाउन नमिल्ने बताएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले हिजो सुरक्षा निकायहरुसँगको वैठकमा शनिबार र आइतबार देशभरका सुकुम्बासी खाली गर्ने निर्देशन दिएका थिए । उक्त निर्देशनले सुकुम्बासी बस्तिहरुमा आतंक फैलिएको छ । कतिले आफ्नो घरटहराबाट सामानहरु हटाउन थालेका छन् ।
रास्वपा जिल्ला सभापति भुसाल सुकुम्बासी समस्या समाधान गर्ने क्षेत्राधिकार स्थानीय सरकारको भएको बताउँछन् ।
उनले भने, ‘हामी यो विषयमा संवेदनशील छौँ । स्थानीयबासीको सहमति बेगर डोजर लगाउने काम हुँनै सक्दैन । त्यसो भयो भने हामी आन्दोलनमा उत्रिन्छौँ ।’
उनले चितवनका सुकुम्बासीहरु एकदमै दयनीय अवस्थामा बाँचिरहेकाले उनीहरुको सही व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । बस्ती एकीकृत गर्ने लगायतका विकल्प सुझाउँदै उनले डोजर लगाउने कुरा गलत भएको टिप्पणी गरे ।
रास्वपा सभापति रवि लामिछानेले आमनिर्वाचन अघि चितवनमा भाषण गर्दै सुकुम्बासी बस्तिमा डोजर चलाउन खोजिए आफूले छाति थाप्ने बताएका थिए । सो भाषणको क्लीप अहिले फेरि भाइरल भइरहेको छ ।




















प्रतिक्रिया