Logo

प्रमुख समाचार

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित



काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ । निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो ।

अब कहिले हुने भन्ने मिति नतोकिएको निर्वाचन समिति सदस्य मुना भुसालले जानकारी दिइन्। दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको छ।

निर्वाचन समिति सदस्य भुसालकाअनुसार समितिमा पुष्पा भुसाल प्रदिप पौडेल गुरुराज घिमिरे निर्वाचन समितिका संयोजक प्रकाश सदस्य भुसाल र अर्का सदस्य राजु कटुवाल छन्।

पुष्पा भुसाल कांग्रेसको उपसभापति हुन् भने घिमिरे र पौडेल महामन्त्री हुन्।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार १६:४६   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।