काठमाडौं । गगन थापा नेतृत्व चयनमा सहमति खोज्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार बिहान ११ बजे बोलाएको छ।
कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ। निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी विषयलाई पारित गर्ने कार्यसूची रहेको बताए ।
बैठकमा संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव प्रस्तुत गर्ने तयारी छ। बैठक लगत्तै भोलि दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले नेताको चयनसम्बन्धी प्रक्रिया अघि बढाउने कार्यसूची तय गरिएकाे निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले बताए ।





















प्रतिक्रिया