Logo

प्रमुख समाचार

भारतीय विदेश सचिव मिस्री नेपाल आउँदै, बालेन सरकार बनेपछि भारतबाट पहिलो उच्चस्तरीय भ्रमण



काठमाडौं। भारतका विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने भएका छन्। विदेश सचिव मिस्रीले नेपाल आएपछि नयाँ सरकारलाई बधाइ सन्देश दिने र प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भारत भ्रमणको मिति टुंगो लगाउने बताइएको छ।

सचिव मिश्रीले भारत भ्रमणमा रहेका नेपाली पत्रकारसँग मन्त्रालयमा कुराकानी गर्दै छिट्टै नेपाल आउने योजना रहे पनि मिति भने अझै तय नभएको जानकारी दिए। उनले नेपालका समकक्षीसँग यसबारे निरन्तर छलफल भइरहेको बताए।

रास्वपा सरकार गठनपछि भारतबाट पहिलो उच्चस्तरीय भ्रमण हुनेछ। यसअघि मौरिससमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस. जयशंकरबीच भेटवार्ता भएको थियो। भेटमा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको विषयमा पनि छलफल भएको थियो।

प्रधानमन्त्री बालेनले भारतको निमन्त्रणा स्वीकार गरिसकेका छन् भने उपयुक्त समय भ्रमण गर्ने बताएका छन्।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार ०८:५६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।