Logo

राजनीति

आज प्रधानमन्त्रीको ‘बर्थ डे’, ३७ वर्ष पुगे बालेन



काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको आज जन्मदिन परेको छ।

बालेन आजदेखि ३७ वर्ष लागेका छन्। प्रधानमन्त्री बालेन २०४७ साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिएका हुन्।

प्रधानमन्त्रीपतिको जन्मदिन अवसरमा पत्नी सविना काफ्लेले सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, ‘सम्माननीयज्यूलाई जन्मदिनको हार्दिक शुभकामना।’

बुबा रामनारायण साह र आमा ध्रुवदेवी शाहका कान्छा सुपुत्रका रूपमा जन्मिएका शाहको पुख्र्यौली घर महोत्तरीको एकडारा गाउँपालिका हो। बालेन २०८२ चैत १३ गते प्रधानमन्त्री बनेका शाहले सरकारको नेतृत्व सम्हालेको एक महिना नाघेको छ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार १०:०८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।