Logo

अर्थ

सीजीको ‘हाइ-पर्फोमेन्स’ स्ट्यान्ड फ्यान सार्वजनिक



काठमाडौं । चर्को गर्मीलाई मध्यनजर गर्दै नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियोमा नयाँ र शक्तिशाली ‘हाइ-पर्फोमेन्स’ स्ट्यान्ड फ्यान सार्वजनिक गरेको छ।

कम्पनीले आफ्नो प्रिमियम सिरिज सीजी मेरिडिया अन्तर्गत अत्याधुनिक र शक्तिशाली मोडल सीजीएमआरएस्एफ्१८जेड०५ बजारमा ल्याएसँगै मेरिडिया सेग्मेन्टमा अब विकल्पहरूको संख्या ३ पुगेको कम्पनीले जनाएको छ ।

नेपाली उपभोक्ताको विविधतापूर्ण आवश्यकता र प्रिमियम जीवनशैलीलाई सम्बोधन गर्दै सीजीले स्ट्यान्ड फ्यान सेग्मेन्टमा आफ्नो उपस्थितिलाई रणनीतिक रूपमा मजबुत बनाएको कम्पनीको भनाइ छ ।

बजारमाअत्याधुनिक प्रविधि र विलासी अनुभव खोज्ने ग्राहकका लागि सीजी मेरिडिया अन्तर्गत हालै सार्वजनिक नयाँ मोडल प्रिमियम मेरिडिया सिरिज सहित ३ वटा उच्चस्तरीय फ्यानहरू उपलब्ध छन्, जसले ‘स्मार्ट’ फिचर र प्रिमियम लुक्सको उत्कृष्ट समिश्रण प्रदान गर्ने कम्पनीले जनाएको छ ।

उपभोक्ताको दैनिक आवश्यकता र किफायती मूल्यमा उच्च कार्यक्षमता सुनिश्चित गर्न सीजी स्ट्यान्ड फ्यान रेन्ज अन्तर्गत ९ वटा विभिन्न भेराइटीका स्ट्यान्ड फ्यानहरू बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो रेन्जले घरदेखि कार्यालयसम्मका हरेक आवश्यकतालाई पूरा गर्ने कम्पनीको भनाइ छ ।

उच्च क्षमताको हावाको बहाव आवश्यक पर्ने औद्योगिक प्रयोग वा ठूला हलहरूका लागि ३ वटा शक्तिशाली फर्राटा फ्यान बजारमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

यसरी कुल १५ वटा मोडलहरूको यो विस्तृत रेन्ज नेपाली बजारमा अन्य कुनै पनि ब्रान्डको तुलनामा सबैभन्दा ठूलो छ, जसले हरेक वर्गका ग्राहकको बजेट र आवश्यकतालाई ‘कस्टमाइज्ड’ समाधान दिने सीजीको क्षमतालाई प्रमाणित गर्दछ।

नयाँ सार्वजनिक गरिएको १८ इन्चको यो मेरिडिया मोडलमा आधुनिक प्रविधि र उच्च कार्यक्षमताका विशेषताहरू छन् ।

लामो समयसम्म निरन्तर चल्न सक्ने अत्यन्तै मजबुत र भरपर्दो रोबस्ट एण्ड रिलायबल मोटरको प्रयोग गरिएको छ। यस्तै फ्यानमा ११५० आरपीएमको उच्च गति रहेको छ, जसले प्रचण्ड गर्मीमा पनि तुरुन्तै शीतलता र राहत दिन्छ ।

१८ इन्चको फराकिलो स्विपले गर्दा ठूला कोठा वा हलहरूमा हावा समान रूपमा फैलिन्छ भने एयरोडाइनामिकली डिजाइन गरिएका ५ वटा एल्युमिनियम ब्लेडले हावालाई तीव्र र प्रभावकारी रूपमा प्रवाह गर्छन्। उपभोक्ताले आफ्नो सहजता अनुसार ४ वटा फरक गतिमा हावाको प्रवाह नियन्त्रण गर्न सक्नेछन्।

फराकिलो कोणमा घुम्ने सुविधाले गर्दा कोठाको हरेक कुनामा हावा पुग्दछ। सीजीले यसको मोटरमा २ वर्षको विशेष वारेन्टी उपलब्ध गराएको जनाएको छ।

देशभर रहेका २८ वटा अत्याधुनिक शोरुमहरू (सिजी डिजिटल र एलजी शोपी), विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन मार्फत ग्राहकले यी उपकरणहरू सहज र सुलभ तरिकाले खरिद गर्न सक्ने कम्पनीको भनाइ छ । ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट सेवा र प्राविधिक सहयोग सुनिश्चित गरिएको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार १३:२०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।