Logo

प्रमुख समाचार

उद्योगी शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न म्याद थप



काठमाडौं। उद्योगी शेखर गोल्छालाई काठमाडौं जिल्ला अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। गत बिहीबार काठमाडौंको नक्सालबाट पक्राउ परेका उनलाई यसअघि शुक्रबार चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

धितोपत्रसम्बन्धी ऐनविपरीतको कसुरमा पक्राउ परेका गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन्। यसअघि उनलाई अदालतले सोमबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीलाई गोल्छालाई पक्राउ गरेको थियो।

उनीमाथि धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ र ९८ बमोजिम सेयर बजारमा मिलेमतो गरी भित्री कारोबार र बजार प्रभावित पारेको आरोप छ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार २२:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।