काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २६.१६ अंकले घटेर २,७७० को विन्दुमा कायम भएको छ ।
आज ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको मूल्य घटेको छ ।
आज ६ अर्ब ५२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै पाल्पा सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ३४ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन बैंक बोन्ड २०८६ का इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया