Logo

प्रमुख समाचार

तरुण दलका अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा



काठमाडौं । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै गुरुङले पार्टी केन्द्रीय कार्यालय सानेपामा राजीनामा पत्र बुझाएका हुन् ।

२०७८ साल फागुन ९ गते तरुण दलको अध्यक्षमा नियुक्त भएका गुरुङले पार्टीले दिएको जिम्मेवारीका लागि निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान केन्द्रीय कार्यसमितिप्रति आभार प्रकट गरेका छन् ।

राजीनामा पत्रमा उनले आफ्नो कार्यकालमा सहयोग गर्ने पूर्वअध्यक्षहरू, कार्यसमिति सदस्यहरू, जिल्ला सभापतिहरू र देशभरका तरुण साथीहरूलाई धन्यवाद दिएका छन् ।

 

 

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार १७:१४   :  बजे

228
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।