Logo

प्रमुख समाचार

रास्वपाले अनुमोदन गर्‍यो तीन वटा मस्यौदा



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३, महाधिवेशन कार्यविधि २०८३ र संसदीय दलको विधान संशोधन सम्बन्धी मस्यौदा अनुमोदन गरेको छ ।

आइतबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले तीन वटै मस्यौदा पारित गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

उनका अनुसार आगामी स्थानीय तह निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न चाहने सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरसिप एकेडेमी दुवै प्रक्रिया पूरा गरी उत्तीर्ण हुनुपर्ने प्रावधान राखिएको छ।

महाधिवेशन कार्यविधि र संसदीय दलको विधानमा केही संशोधन भएको उनले जानकारी दिए । तीन वटै मस्यौदा बैठकमा पेस भएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८३, आईतवार १८:२३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।