काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफनसीसीआई)को निर्वाचन प्रक्रिया सम्पन्न भएको छ। बिहान ढिला गरी सुरु भएको महासंघको निर्वाचन तालिका साँझ ६ बजेसम्म तोकिएको थियो।
निर्वाचनमा जिल्ला–नगरतर्फ शतप्रतिशत मत खसेको छ। निर्वाचन आयोगले दिएको जानकारी अनुसार जिल्ला नगरतर्फ १३० मा १३० नै मत खसेको छ। यस्तै वस्तुगततर्फ १२४ मा १२३ मत खसेको छ।
एसोसिएटतर्फ भने १८०० भन्दा बढी मत झरेको र सङ्कलनको काम भइरहेको जनाएको छ। मतगणना जिल्ला नगर र वस्तुगतको ७ र एसोसिएटको ८ बजेदेखि गर्ने तयारी गरेको आयोगले जनाएको छ।





















प्रतिक्रिया