काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफनसीसीआई)को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। मंगलबार भएको मतदानको वस्तुगततर्फको मतगणना सुरु भएको हो।
बिहान ढिला गरी सुरु भएको महासंघको निर्वाचन तालिका साँझ ६ बजेसम्म मतदान भएको थियो।
महासंघको निर्वाचन आयोगका अनुसार वस्तुगततर्फ १२४ मा १२३ मत खसेको छ। यस्तै निर्वाचनमा जिल्ला–नगरतर्फ शतप्रतिशत मत खसेको छ। जिल्ला–नगरतर्फ १३० मा १३० नै मत खसेको छ।
एसोसिएटतर्फ भने १८०० भन्दा बढी मत खसेको आयोगले जनाएको छ। एसोसिएटको मतगणना ८ बजेदेखि गर्ने तयारी गरेको आयोगले जनाएको छ।





















प्रतिक्रिया