Logo

राजनीति

कांग्रेस सांसद्हरूलाई सभापति थापाले प्रशिक्षण दिने



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् । उनी बुधबार बस्न लागेको संसदीय दलको बैठकमा सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशक्षिण दिने भएका हुन् ।

दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका छन् ।

सचिवालयका अनुसार बैठकमा अध्यादेश र सुकुम्बासी मुद्दामा पार्टीले लिने ‘स्ट्यान्ड’ बारे छलफल हुने छ ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार ११:०५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।