Logo

प्रमुख समाचार

सात वटै प्रदेशमा कांग्रेसको स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला हुने



काठमाडौं। नेपाली कांग्रेसको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रथम बैठकले ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गर्ने निर्णय गरेको छ।

सभापति गगनकुमार थापाको उपस्थितिमा उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकले भेलाको मिति र स्थानसमेत तय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्तिमार्फत जानकारी दिए।

वैशाख २६ र २७ गते सुदूरपश्चिम प्रदेशको धनगढी, वैशाख २८ र २९ मा कर्णालीको सुर्खेत, वैशाख ३१ र जेठ १ गते गण्डकीको पोखरा, जेठ ४ र ५ गते बागमतीको धुलिखेल, जेठ ६ र ७ गते मधेसको बर्दिवास, जेठ ८ र ९ गते कोसीको लौकी, सुनसरी र जेठ १४ र १५ गते  लुम्बिनीको तिलोत्तमा, रुपन्देहीमा भेला हुनेछ।

बैठकले प्रतिष्ठानका प्रमुखको प्रस्तावमा उपप्रमुखमा मधु आचार्यलाई चयन गरेको छ। कांग्रेस सभापति थापाले प्रतिष्ठानका प्रमुखलाई शपथ गराएका थिए। उनले नवनियुक्त सदस्यलाई बधाइ एवं शुभकामना दिएका थिए।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार ०७:४१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।