काठमाडौं । पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धानले तत्कालीन अर्थमन्त्री कार्कीसहित १४ जना विरुद्ध मुद्दा दायर भएको हो ।
अख्तियारको दाबीमा ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजश्व छुट दिएर उनीहरूले भ्रष्टाचार गरेको दाबीसहित आरोपपत्र पेश भएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।
३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर भएको हो ।
आयोगले तत्कालीन अर्थसचिव शंकर अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपोने, पूर्वसचिव केवल भण्डारी, नागरिक उड्डन प्राधिकरणका तत्कालीन पूर्वमहानिर्देशक प्रदीप अधिकारी लगायतविरुद्ध मुद्दा दायर गरेको हो ।
पोखरा विमानस्थलको भ्रष्टाचारमा अख्तियारले दायर गरेको यो तेस्रोत मुद्दा हो ।
पोखरा विमानस्थलको भ्रष्टाचारमा अख्तियारले दायर गरेको यो तेस्रोत मुद्दा हो।





















प्रतिक्रिया