Logo

प्रमुख समाचार

दुई वटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । आज (शुक्रबार) दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।

आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको छ ।

आज दिउँसो १ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा १० भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुने छ ।

यस्तै, आज महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको छ । बिहान १०ः३० बजे बस्ने समितिको बैठकमा समितिको आन्तरिक छलफल सम्बन्धमा हुने छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार ०६:४०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।