Logo

प्रमुख समाचार

संसद् बैठकमा विपक्षी दलको अवरोध, सभामुखको आग्रहपछि अघि बढ्यो बैठक



काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले उठेर विरोध गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध गरेका हुन् ।

विपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक अघि बढेको छ ।

बैठक सुरु हुनासाथ उनीहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले अवरोध हटाउन आग्रह गरेका थिए ।

उनले आकस्मिक समय निर्धारण भइसकेको भन्दै अवरोध नगर्न भनेका थिए । सभामुखको आग्रहपछि बैठक सञ्चालन भएको हो ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार १४:२९   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।